Monday, June 14, 2010

9 of 24 posts बिद्युत संकट वा कटौतीको दोष पानीलाई दिन मिल्दैन



हदै सस्तोमा जल-बिद्युत


बिद्युत संकट वा कटौतीको दोष पानीलाई दिन मिल्दैन:
(असिमित जलविद्युत उत्पादन)


(गलत ठहर गर्ने पहिलोलाई रु. पच्चिस हजार ईनाम)
डा. देव बहादुर डंगोल

जलविद्युत आयोजनामा टर्वाईन जडान गर्ने हालको प्रचलित तरिकामा पानीको द्रब्य गुण र भू-कर्षण बलका विशेषताहरुमा पूर्ण ध्यान पु-याईएको छैन । उचाई अनुसार चाप हुन्छ भन्ने नवगेको पानीको अवस्थाको सिद्धान्तलाई स्तम्भ भरि एकनासको चाप हुने वगेको पानीको अवस्थामा लागु गर्ने गल्ति हुन गएकोले \ गरेकोले त्यसो भएको हो । हाल एउटा मात्र टर्बाईन जडान गरी न्युनतम मात्र विद्युत उत्पादन गर्दै आएका छौँ । ती दुई पछ्यका सर्व मान्य सिद्धान्तहरुमा ध्यान पु-याईएको भए धेरै टर्बाईनहरु जडान गर्ने तरिकामा फरक हुने थियो । हाल एउटा मात्र टर्वाईन घुमाउन पुग्ने पानी वगेको एउटै पाईपमा नै पाईप वा पानीको धारलाई नटुटाई क्रमश: धेरै टर्वाईनहरु जडान गरेर धरै गुणा वढी (असिमित) विद्युत उत्पादन गरिन्थ्यो । र, सो पानी खान वा सिँचाई अथवा अन्य कामको लागी पनि उपलब्ध गराउन सकिन्थ्यो । हालको प्रचलित तरिका अनुसार हरेक एउटा टर्वाईनलाई छुट्टा छुट्टै पाईप मार्फत पानी पु-याईन्छ । अत: धेरै टर्वाईनहरु घुमाउन धेरै मात्रा पानीको आवश्यकता हुन्छ ।
जलविद्युतको लागि पानी प्रवाह गर्दा जति जस्तो पानी टर्वाइन भित्र गएको हो उस्तै बाहिर निस्कन्छ । भू-आकर्षण बलमा पनि केही कमि आउदैन \ हुँदैन । पानीको गतिमा पनी केही फरक हुँदैन । जति मात्रा भित्र पसेको हो त्यति मात्रा नै पानी वाहिर निस्कन्छ । वगेको पानीको स्तम्भ भरी नै चाप पनि एक नास नै कायम रहन्छ । टर्वाइन पनि पानी कै वेगमा घुम्छ । निरन्तर भू-आकर्षण वलको कारणले गर्दा माथि स्थित पानी मात्र तल तिर खस्छ ।
विद्युत प्राप्त गर्न आवश्यकता अनुसार उचित उचाईवाट पानीलाई खसालेर टर्वाईन घुमाईन्छ, जस्ले विद्युत क्रियाशिल वा प्रवाह गराउने जेनेरेटरलाई घुमाउँछ र हामीले विद्युत प्राप्त गर्दछौँ । पानी खसाल्नलाई प्राप्त शक्ति वास्तवमा पृथ्विको भू-आकर्षण वल हो । जुन सुकै वल प्रयोग गरे पनि विद्युत उत्पादन गर्न टर्वाईन घुमाउन आवश्यक पर्दछ । आवश्यकता अनुसार पानी वगेर जान सक्ने गरी टर्वाईन वनाईएको हुन्छ । भू-आकर्षण वललाई उपयोगमा ल्याउन पानीलाई उचित उचाईवाट खस्न दिने एउटा उपयुक्त संरचना हो ।

पानी प्रवाह भैरहेको एउटै पाईपमा धेरै टर्वाईनहरु चलाउन सकिन्छ

पानीको द्रब्य गुणहरु र भू-आकर्षण बलका बिशेषताहरुको आधारमा एक भन्दा वढी टर्वाईनहरु घुमाउन एउटा टर्वाईनलाई मात्र घुमाउन पुग्ने पानी प्रवाह गरी सोहि पाईपमा पानीको धार र पाईपलाई नटुटाई एक पछि अर्को जडान गरेर धेरै टर्वाईनहरु सँचालन गर्न सकिन्छ । सो अनुसार पानी प्रबाह गर्दा टर्वाईन र वगेको पानीको कार्य छ्यमतामा केहि पनी कमि आउँदैन । पानीको द्रब्य गुणहरु र भू-आकर्षण बलका विशेषताहरु दुवै पछ्यहरुको प्रमाणित सिध्दान्तहरुले पनि सो कुराको पुष्टि गर्दछ । मुख्यत: ती दुई वैग्यानिक पछ्यहरुलाई ध्यानमा राखेर नै टर्वाईन भित्र पानी प्रवाह गरिएको हुन्छ । जलविद्युत उत्पादन गर्न पानी प्रवाहको लागि प्रयोगमा आउने शक्ति भू-आकर्षण बलवाट मात्र प्राप्त हुन्छ । भू-आकर्षण बल भनेको अथाह कहिल्यै नसकिने, कुनै उपायले वाधा पु-याउन वा छेक्न सकिँदैन, जति उपयोग गरे पनि कम नहुने र कुनै पनि ठाउँको हरेक विन्दुमा जहिले पनि निरन्तर प्राप्त भै नै रहन्छ, पन्छाउन पनि सकिँदैन । हवाको वल, चुम्बकिय वल वा प्रकाशलाई छेक्न सकिन्छ तर भू-आकर्षण बललाई छेक्न सकिँदैन । कुनै पनि पदार्थको पिण्ड रहे सम्म सो वल रही रहन्छ। पिण्डको स्वभाविक प्राकृतिक गुण हो । अत: पानी निरन्तर प्रवाह भैरहेको एउटै पाईपमा एक पछि अर्को धेरै टर्वाईनहरु जडान गरी सबैलाई एकनासले सँचालन गर्न सकिन्छ, गुणात्मक धेरै जलविद्युत उत्पादन गर्न सकिन्छ ।
एकनासले निरन्तर पानी वगिरहेको पाईपमा एउटा वा शुन्य टर्वाईन सँचालन गरेमा पनि वगिरहेको पानीको कार्य छ्यमतामा केही पनि घटवढ हुँदैन, एकनासै कायम रहन्छ ।
एक पछि अर्को टर्वाईनलाई घुमाउँदै वग्दा पनि बगिरहेको पानीको कार्य छ्यमतामा केहि पनि कम हुँदैन । यसो हुनाको कारण माथि उल्लेख गरे अनुसार भू-आकर्षण वलका विशेषताहरुले गर्दा हो । द्रब्य गुण अनुसार स्थिर पानीमा लगाईएको वल सवै दिशा तिर बराबर फैलिन्छ र उचाई अनुसार चाप हुन्छ । नवगेको पानीको स्तम्भको सबै भन्दा तल सवै भन्दा वढी चाप हुन्छ । तर प्रवाह भै रहेको वेला पानीको स्तम्भको फेदमा जतिकै पाईप भित्र पानीको पूर्ण स्तम्भ भरिनै चाप एक नास हुन्छ, माथि देखि तल सम्म पूर्ण स्तम्भ भरी । र, पानी प्रवाह भएको दिशातिर मात्र पानीको चापले काम गरी रहेको हुन्छ । वगेको पानीको धारको कुनै पनि विन्दुमा गुरुत्व आकर्षणवललको कारण दुई प्रकारको वलले मात्र असर पारी रहेको हुन्छ । कुनै विन्दुको माथि तिरको पानीको स्तम्भले तलतिर थिचिरहेको हुन्छ भने तल तिरको पानीको स्तम्भले तलतिर नै तानी रहेको हुन्छ । क्रमश: अँग्रेजिमा पुशिंग र पुलिँग फोर्श भनिन्छ । कुनै पनि विन्दुमा दुबैवल (पूर्ण स्तम्भ)को प्रभाव पानी वगेको दिशा तिर मात्र लाग्छ । अत: पाइपको पानीको पूर्ण स्तम्भ भरी नै चाप एक नास हुन्छ । नवगेको पानीको स्तम्भमा यो गुण हुँदैन । नवगेको पानीको स्तम्भको फेदमा सवै भन्दा वढी चाप हुन्छ । यहि सिद्धान्तलाई वगेको पानीको अवस्थामा पनि लागु गरी जलविद्युत आयोजनामा वगेको पानीको फेदमा एउटा मात्र टर्वाईन जडान गर्न सकिन्छ भन्ने गल्ति भयो । नवगेको पानीको अवस्थाको सिद्धान्तलाई वगेको पानीको अवस्थामा लागु गर्न मिल्दैन ।
अत: पानी प्रवाह भै रहेको एउटै पाइपमा क्रमिक रुपमा जडान गरिएका सवै टर्वाइनहरु जव पूर्ण रुपमा घुम्न थाल्छन् पाइपको पूर्ण स्तम्भ भरी नै पानीको चाप पनि एकनासको नै कायम रहन्छ । यसो हुनाको कारण भू-आकर्षण वलको विशेषताले गर्दा हो । वगिरहेको पानीको स्तम्भको धारमा टर्वाईन हुँदा वा नहुँदाको अवस्थामा पानीको स्तम्भको चापमा केही पनि फरक हुँदैन । पानीको उचाई, पाईपको उचाई, पानी भित्र पस्ने र वाहिर आउने मात्रा, पानीको वेग, भू-आकर्षण वल ईत्यादि सवै पछ्यहरुमा उस्तै नै अवस्था कायम रहन्छ, केही पनि फरक हुँदैन । अत: पानी प्रवाह भैरहेको एउटा पाइपमा नै धेरै टर्वाइनहरु जडान गरेर हालको भन्दा धेरै गुणा वढी (असिमित) जलविद्युत प्राप्त गर्न सकिन्छ ।
यसरी क्रमिक सिद्धान्त अनुसार टर्वार्इनहरु जडान गरिएमा जलविद्युतको लागि नयाँ आयोजनाको आवश्यकता पर्ने छैन । टर्वाइनहरु थपेर भएकै संरचनावाट असिमित विद्युत उत्पादन गर्न सकिन्छ । पानी वगिरहँदा पाइपको कुनै पनि विन्दुमा \ स्थानमा टर्वाइन जडान गरे पनि केहि फरक पर्दैन । वगिरहेको पानीको पाइपको लम्वाई भरि नै जडान गरे पनि सवै टर्वाइनहरु एकनासले नै संचालन गर्न सकिन्छ । एक्लो नेपालमानै असिमित जलविद्युत विद्यमान छ ।

एउटै जलविद्युत गृहमा धेरै टर्वाइनहरु जडान भैसकेको भएमा पनि तिनीहरुलाई पनि क्रमिक ढंगले पानी प्रवाह गराउन सकिन्छ । यसरी पानी प्रवाह गर्ने तरिका परिवर्तन गरिएमा एउटा टर्वाईन संचालन गर्ने पानीको मात्राले नै धेरै टर्वाइनहरु संचालन गर्न सकिन्छ । हाल टर्वाईनमा पानी प्रवाह गर्ने तरिका गलत सिद्धान्तमा आधारित भएकोले एउटा पाईपको पानीवाट एउटा टरवाईनवाट मात्र (न्युनतम) विद्युत उत्पादन भै रहेको छ । नवगेको पानीको अवस्थाको सिद्धान्तलाई गल्तीले वगेको पानीको अवस्थामा लागु गरेकोले त्यसो भएको हो ।
विश्वमा असिमित जलशक्ति उपलब्ध छ । क्रमिक तरिकाले पानी प्रवाह गर्ने गरी धेरै टरवाईनहरु जडान गरेर जलविद्युत आयोजनाहरु संचालन गरेमा विद्युतको लागि अन्य कुनै पनि उपायको आवश्यकता पर्ने छैन । विद्युत धेरै सस्तो हुने छ । कोइला, ग्यास, डिजेल, आणविक ईत्यादि ईन्धनको अपार वचावट हुनेछ । चाहे भन्दा धेरै कार्बोन डाईअक्साईड पनि घट्ने छ ।

(२०६६ ज्येष्ठ २३ गते गोरखापत्रमा प्रकाशित ‘धेरै सस्तोमा जल विद्दयुत’ लेखमा आधारित)

email: dev.dangol@yahoo.co.uk
mobile: 9841 647 393

No comments:

Post a Comment